संसारमा यस्ता आश्चर्यजनक कुराहरु बिरलै हुन्छ्न जुन नेपालमा बेलाबेलामा हुने गर्दछ। मैले घटना कोट्याउन खोजेको नेपालि काङ्रेसका नेता खुमबहादुर खड्काको हो जसले भ्रस्टचारि ठहर भइ १४ महिना जेल सजाय भोगेर आउदा पनि ठुलो सम्मान पाएका छन। हाम्रो देश हल्लैहल्लामा चल्ने देश अनि हाम्रो देशका जनताहरु भेडा भनेर मैले सानो देखि नै सुन्दै आएको थिँए, भ्रस्टचारिलाइ फुलमाला लगाउन जानेको हुल देख्दा आज थाहा भयो पक्कै हो रहेछ। भर्खरै मात्र चिनमा एउटा भ्रस्टचारि नेतालाइ मृत्युदन्ड दिएको खबरले अखबारहरु सजिएको थियो। त्यस लगत्तै हाम्रो देशमा एउटा भ्रस्टचारिले ठुलो सम्मान पाएको खबर देख्न पाइयो यसले अलिकति दुखित बनायो नै त्यसका साथै ती स्वागत गर्न जाने नेपालि काङ्रेसका कार्यकर्ताहरु प्रति पनि रिस जगायो।
तल चित्रमा हेर्नुहोला लोकतन्त्र र प्रजातन्त्रमा बिश्वास गर्ने पार्टि नेपालि काङ्रेसका कार्यकर्ताहरुले देशको ढुकुटिमा ब्रम्हलुट गर्ने एउटा भ्रस्टचारिलाइ कसरि स्वागत गरिरहेका छन।:-
 |
भ्रस्टचारिलाइ स्वागत गर्दै काङ्रेसका कार्यकर्ताहरु
|
No comments:
Post a Comment