Friday, 22 November 2013

अहिलेको चुनाबि परिणामले जनयुद्द र जनआन्दोलनबाट प्राप्त राजनैतिक उपलब्धिहरु संघियता र लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनेमा संका छ। त्यसैले यदि चुनाबि परिणाम धाँदलि रहित छ भने एनेकपा माओबादि संबिधान सभामा गएर अन्य दलहरुलाइ खबरदारि गर्न जरुरि देखिन्छ।

Thursday, 31 October 2013

कार्ल मार्क्सको शिक्षाको ऐतिहासिक भवितव्य - लेनिन

मार्क्सको शिक्षाको प्रमुख सार हो - समाजवादी समाजको निर्माताको रूपमा सर्वहारावर्गको विश्व ऐतिहासिक भूमिकाको स्पष्टीकरण । के मार्क्सले आफ्नो शिक्षा प्रतिपादन गरिसक्नुभएपछि संसारभरिको घटनाक्रमले यस शिक्षाको औचित्य पुष्टि गरेको छ ?
सन् १८४४ मा मार्क्सले पहिलोपल्ट आफ्नो विचारधारा प्रस्तुत गर्नुभएको थियो । सन् १८४८ म प्रकाशित मार्क्स र एङ्गेल्सका कृति ‘कम्युनिष्ट घोषणापत्र’ले पूर्ण एवम् क्रमबद्ध रूपमा यस विचारधाराको व्याख्या प्रस्तुत गरिसकेको थियो । यो कृति आजसम्म पनि वहाँको विचारधाराको उत्कृष्ट अभिव्यक्तिको रूपमा कायमै छ । यस अवधिदेखिको विश्व इतिहास स्पष्ट रूपमा तीन भागमा विभाजित हुन थाल्यो : एक, सन् १८४८ को क्रान्तिदेखि (२) पेरिस कम्युन (१८७१), (३) सम्म, दुई, पेरिस कम्युनदेखि रुसी क्रान्ति (सन् १९०५) सम्म, तीन रुसी क्रान्तिपछिको अवधि । आउनुहोस्, अब हेरौं उपरोक्त प्रत्येक युगमा मार्क्सको शिक्षाको भवितव्य कस्तो रह्यो त ?

पहिलो युगको आरम्भमा शिक्षाले आधिपत्य जमाइसकेको थिएन । समाजवादका अनगिन्ती गुट र धाराहरूमध्ये यो पनि एक थियो । त्यसताका समाजवादका त्यस्ता रुपहरूले प्रभुत्व जमाएका थिए, जो आधारभूत रूपमा हाम्रा नारोदनिकहरूसँग (४) धेरै मिल्दाजुल्दा थिए - ऐतिहासिक विकासको भौतिक आधारको अनभिज्ञता, पुँजीवादी समाजका प्रत्येक वर्गको भूमिका र महत्त्व केलाउने असमर्थता, प्रजातान्त्रिक सुधारहरूका बुर्जुवा सारलाई ‘जनता’, ‘न्याय’ र ‘अधिकार’ जस्ता विभिन्न समाजवादी देखिने शब्दहरूद्वारा ढाकछोप गर्ने प्रयास आदि नै यस अवधिको मुख्य चरित्र थियो ।
सन् १८४८ को क्रान्तिले प्राग्-मार्क्सकालीन समाजवादका यी समस्त कोलाहलपूर्ण, बहुरुपी एवम् छद्मभेषी रुपहरूमाथि प्राणघातक प्रहार गर्यो । विभिन्न राष्ट्रहरूमा भएका क्रान्तिहरूले समाजका विभिन्न वर्गहरूलाई व्यवहारिक कसौटीमा उदाङ्ग पारिदिए । सन् १८४८ को जूनमा गणतन्त्रीय बुर्जुवावर्गद्वारा पेरिसमा मजदुरहरूको हत्या भएपछि अन्तिम रूपमा यो कुरा स्पष्ट भयो कि मात्र सर्वहारावर्ग समाजवादी हुन सक्छ । कुनै पनि प्रतिक्रियावादी तत्त्वहरू भन्दा उदारवादी बुर्जुवा सर्वहाराको स्वाधीनताबाट सयौं गुना बढी तर्सेको हुन्छ । कातर उदारवादले प्रतिक्रियावादी शक्तिहरूको अगाडि घुँडा टेक्छ । सामन्ती अवशेषहरूको उन्मूलनद्वारा नै सन्तुष्ट भएका किसानहरू वर्गमान व्यवस्थाको ताँतीमा मिसिन आउँछन् र कहिलेकाहीं मात्र मजदुर जनवाद र बुर्जुवा उदारवादबीच ढुलमुल गर्दछन् । वर्गविहीन समाजवाद र वर्गविहीन राजनीतिसम्बन्धी यिनका समस्त अर्तिहरू खोक्रो वकवास सिद्ध हुन्छन् ।
पेरिस कम्युन (१८७१)ले यी बुर्जुवा सुधारहरूको विकास कत्तम पारिदियो गणतन्त्रको अर्थात् राजकीय सङ्गठनको त्यस रुपको जसमा वर्गसङ्घर्ष अधिकतम खुल्ला रूपमा अभिव्यक्त भएको हुन्छ, सुदृढताको श्रेय मात्र सर्वहारा वीरतालाई छ ।
अन्य समस्त युरोपेली राष्ट्रहरू, जहाँ यो विकासक्रम बढी अल्झिएको थियो र अझ पूरा भइसकेको थिएन, त्यही पुर्व निर्धारित पुँजीवादी समाजमा पुग्छन् । पहिलो युग (१८४८-१८७१) को अन्त्यसम्ममा, आँधीबेहरी र क्रान्तिकारीहरूले भरिएको यस युगमा, प्राग्-मार्क्सकालीन समाजवाद मर्छ । सर्वहारावर्गका स्वाधीन पार्टीहरू प्रथम इन्टरनेशनल (१८६४-१८७२) (५) र जर्मन सोसल-डेमोक्रेसी जन्मन्छन् ।

दोस्रो युग (सन् १८७२-१९०४) आफ्नो ‘शान्तिपूर्ण’ चरित्र, क्रान्तिहरूको अभावले गर्दा पहिलो युगभन्दा फरक हुन जान्छ । पश्चिममा बुर्जुवा क्रान्तिहरू खत्तम भइसकेका थिए । पुर्व यस्ता क्रान्तिहरूको लागि अझ कलिलै थियो । पश्चिम भावी परिवर्तनहरूको युगमा पाइला टेक्नको लागि ‘शान्तिपूर्ण’ तयारी गर्दैछ । जताततै सर्वहारा चरित्रका समाजवादी पार्टीहरू गठन हुन थाल्छन् र यिनीहरू पूँजीवादी संसदीय पद्धतिको उपयोग गर्न, आफ्ना दैनिक अखबारहरू, आफ्ना शैक्षिक संस्थाहरू, आफ्ना ट्रेड युनियनहरू र सहकारी संस्थाहरू स्थापना गर्न सिक्छन् । मार्क्सको शिक्षाले पूर्ण विजय हासिल गर्छ र अब यो शिक्षा व्यापक रूपमा फैलिन थाल्छ । सर्वहारावर्गको शक्ति सञ्चय र एकत्रीकरणको प्रक्रिया तथा भावी सङ्घर्षहरूको लागि तयारी गर्ने काम बिस्तारै तर दृढतासाथ अगाडि बढ्न थाल्छ ।
इतिहासको द्वन्द्ववाद नै यस्तो छ कि मार्क्सवादको सैद्धान्तिक विजयले यसका शत्रुहारूलाई मार्क्सवादको मकुण्डो लाउन बाध्य गर्छ । भित्रबाट सडिसकेको उदारवादले समाजवादी अवसरवादको रूपमा आफूलाई पुनजीर्वित गर्ने प्रयास गर्न थाल्छ । महान् युद्धहरूको लागि तयारीको यस युगलाई उनीहरू सङ्घर्षबाट पछि हट्ने समय ठान्छन् । दासहरूको अवस्थामा सुधार ल्याउनको लागि पुँजीवादी दासताको विरुद्ध गरिने सङ्घर्षको सट्टा उनीहरू दासहरूलाई आफ्नो स्वाधीनताको अधिकार पाँच कौडीमा बेच्ने सल्लाह दिन्छन् । उनीहरू बडो कायरतापूर्वक “सामाजिक शान्ति” (अर्थात् दास र मालिकहरूबीचको शान्ति) कायम गर्ने पाठ पढाउँछन् र वर्गसङ्घर्षको बहिष्कार गर्ने अर्ति दिन्छन् । समाजवादी संसद्का सदस्यहरू, मजदुर आन्दोलनका विभिन्न अधिकारीहरू र “सहानुभूतिकर्ता” बुद्धिजीवीहरूबीच उनीहरूका थुप्रै हिमायतीहरू छन् ।

अझ अवसरवादीहरूले “सामाजिक शान्ति” र “जनवाद”अन्तर्गत आँधीबेहरीको अनावश्यकता जस्ता आफ्ना सिद्धान्तहरूको प्रशस्त मात्रामा प्रशंमा गर्न पनि भ्याइसकेका थिएनन्, एसियामा विश्वको महानतम आँधीबेहरीको मुहान देखापर्छ । रुसी क्रान्तिको लगत्तैपछि टर्की, फारसी र चिनियाँ (६) क्रान्तिहरू आइपुग्छन् । आज हामी यिनै आँधीबेहरी र युरोपमा यिनको “विपरीत प्रतिछाँया”को युगमा बाँचिरहेका छौं । त्यस महान् चिनियाँ क्रान्तिको भविष्य चाहे जस्तोसुकै किन नहोस्, जसको विरुद्ध आज धेरै जस्ता “सभ्य” हिंस्रक जनावरहरू आफ्दा दाह्रा किट्दै छन्, अब संसारमा कुनै त्यस्तो शक्ति छैन, जसले एसियामा पुरानो भूदासता फेरि स्थापना गर्न सकोस् अथवा एसियाली र अर्धएसियाली मुलुकहरूमा जनताद्वारा स्थापित वीरतापूर्ण जनवादको चिन्ह मेट्न सकून् ।
जनसङ्घर्षको तयारी र विकासका परिस्थितिहरूप्रति उदासीन केही शक्तिहरू युरोपमा पुँजीवादको विरुद्ध छेडिने निर्णायक लडाइँमा हुन गएको दीर्घकालीन ढिलाइले गर्दा नैराश्य र अराजकतावादको फन्दामा पर्न गएका छन् । अहिले हामी देख्दछौं, यो अराजकतावादी नैराश्य कति अदूरदर्शी र कायरतापूर्ण थियो ।
८० करोड जनसङ्ख्या भएको एसिया पनि तिनै युरोपेली आदर्शाहरूको लागि सङ्घर्षको मैदानमा उत्रिनु हाम्रो लागि नैराश्यको कारण नभएर निकै उत्साहवर्धक कुरा हुन गएको छ ।
एसियाली क्रान्तिहरूले हाम्रो अगाडि उदारवादको त्यही चरित्रहीनता र नीचता उदाङ्ग पारेका छन्, जनवादी जनताका आत्मनिर्भरताको त्यही असाधारण महत्त्वमाथि जोड् दिएका छन् र सबै प्रकारका बुर्जुवावर्गबाट सर्वहारा कति भिन्न छ भन्ने कुरा स्पष्ट पारेका छन् । युओप र एसियाको यस अनुभवपछि वर्गविहीन राजनीति र वर्गविहीन समाजवादबारे बकवास गर्नेहरूलाई पिञ्जराभित्र थुनेर कुनै अष्ट्रेलियाली केंगुरासँग प्रदर्शनीमा राख्नुपर्छ ।
एसियापछि युरोपमा पनि हलचल सुरु हुन थालेको छ, तर यो एसियाली हलचल होइन । सन् १८७२-१९०४ को ‘शान्तिपूर्ण’ युग सदाको लागि खत्तम भइसकेको छ । महङ्गी र ट्रष्टहरूको उत्पीडनले आर्थिक सङ्घर्षलाई अभूतपूर्व तीक्ष्णता प्रदान गरेका छन्, जसले गर्दा उदारवादद्वारा सबैभन्दा बढी भ्रेष्ट भएका बेलायती मजदुरवर्ग समेत सङ्घर्षको लागि तत्पर हुन थालेका छन् । हाम्रै आँखाअगाडि जर्मनी जस्तो “कट्टर” बुर्जुवा सामन्तवादी मुलुकमा समेत राजनैतिक सङ्कट पाक्न थालिसकेको छ । बौलठ्ठीपूर्ण शस्त्रीकरण र साम्राज्यवादी नीतिले आधुनिक युरोपमा यस्तो “सामाजिक शान्ति” ल्याउँदै छ, जुन बारुदको पीपाजस्तो छ । समस्त बुर्जुवा पार्टीहरूको पतन र सर्वहारावर्गको प्रौढता दिन प्रतिदिन बढ्दो छ ।
मार्क्सवादको अभ्युदयपछि विश्व इतिहासका यी तीन महान् युगहरूमध्ये प्रत्येकले मार्क्सवादको लागि नयाँ पुष्टिहरू र नयाँ विजयहरू ल्याएको छ । तर भावी ऐतिहासिक युगले सर्वहारवर्गको शिक्षाको रूपमा मार्क्सवादका लागि अझ महान् विजयहरू प्रस्तुत गर्नेछन् ।

Published: 'प्राभ्दा' अंक ५०, मार्च, सन् १९१३, खण्ड २३, पृष्ठ १-४
हस्ताक्षर: भ्ला.इ..
 
स्रोत: भ्ला. इ. लेनिन. संकलिन रचना / भाग १-४, काठमाडौं: ऐरावती प्रकाशन, २०६३ 
अनुवादक: राजेन्द्र मास्के (१९८१) 

Thursday, 17 October 2013

गजल

ठुलाठुला भासन भन्दा ज्ञानको ज्योति छरेर देखाउ ।
भोकले छटपटिरहेकाको पेटमा अन्न भरेर देखाउ ।

बिना शिप लाखौँ युवा श्रम गर्न बाध्य छन विदेशमा,
नेपालमा पनि ब्यबहारिक शिक्षा लागु गरेर देखाउ ।

हे नेता हो, हजारौँ समस्याले ग्रसित भइरहेछ हाम्रो देश,
यसलाइ समाधान गर्न एक पटक सबै लागि परेर देखाउ ।।

Sunday, 13 October 2013

"लाहुरेलाइ चाडबाड नआएकै जाति"

बडा दशैँ २०७० को टिका थाप्ने दिन बिहानै घरमा फोन गरे लगत्तै मेरो आमाले फोन उठाउनु भयो। सदा झै नमस्कार गरे अनि वहाँले पनि नमस्कार फर्काइ मलाइ सोध्नु भयो छोरा तलाइ कस्तो छ? मन भित्र अघिल्लो साल देखि दशैमा आमाको हातले टिका लगाउन नपाएको सम्झिदै भित्र मन खिन्न भए पनि अलिकति हासेरै जवाफ फर्काए, ए म एकदमै आरामै छु अनि कस्तो लाग्दै छ त दशैँ? आमाले पनि जवाफ फर्काउनु भयो यता पनि राम्रै छ अनि दशैँ पनि राम्रै लाग्दैछ। यस्तै पारिवारिक, अनि दशैँका वार्तालाप हुदै हाम्रो टेलिफोन संबाद सकियो।

हाम्रो टेलिफोन संबाद सकिने बित्तिकै मेरो मन रुन थाल्यो। मैले आफैलाइ सम्हाल्ने कोसिस गरे अनि सम्हाले पनि तर मेरो मन मैले दशैँ मान्न नपाएकोमा भन्दा पनि मेरो आमा, बुवाले परदेशिएका हामि दाजुभाइलाइ सम्झिएर कति रुदै बस्नु भएको होला भन्दै रोएको थियो। यो चाडबाडमा म यहाँ बाट मेरो परिवारलाइ सम्झेर बसिरहेको छु अनि मेरो परिवारहरुले पनि मलाइ झन कति सम्झिरहनु भएको होला त्यो म अनुमान गरेर गर्न पनि सक्दिन।

यो मेरो समस्या हो तर लाखौँ नेपालि दाजुभाइहरु जो म जस्तै आफ्नो प्यारो मातृभुमि छोडेर बिदेशिएका छन र बाध्यता बस आफ्नो चाडबाडमा पनि स्वदेश फर्किन पाएका छैनन तिनिहरुको समस्या पनि यस्तै होला, उनिहरु पनि आफ्नो गाँउ, घर, परिवार सम्झेर यो पर्बमा रुदै बस्दै होलान। आज म अनुभव गर्दैछु कि परिवार बाट बिछोडिदाको पिडा कस्तो हुन्छ अनि हामि नेपालिको चाडपर्बहरु आफ्नै देशमा बसेर मनाउन नपाउदा कस्तो हुन्छ। "लाहुरेलाइ चाडबाड नआएकै जाति"

Friday, 11 October 2013

विजयादशमी २०७० को शुभकामना !!



दशैँ आयो भनेर फेसबुकका वालहरुमा अनि ट्विटरमा प्रसस्तै शुभकामना सन्देसहरु देखिन थालेको छ। र शुभकामना दिनेमा म पनि पछि छैन, आफु देश बाहिर रहेर पनि घटस्थापनाको दिन देखि सम्पुर्ण साथिभाइ, आफन्तहरु लाइ दशैँको शुभकामना सन्देश दिदै छु त्यो क्रम अझै जारि छ।
२०६९ को दशै पनि आफ्नो देशमा रहेर मनाउन पाइन, र यसपाल पनि त्यहि छाटकाँट छ ताकि आफ्नो घर-परिवार, इस्टमित्र, साथिभाइहरु सङ बसेर दशैँ मनाउन नपाउने तरै पनि परदेशमा रहे पनि दशैँ अनि तिहार जस्ता महान चाडपर्बहरु आउदा एकप्रकारको खुशि भने हुने रहेछ। आज भित्र एकप्रकारको खुशि अनि परिवार, आफन्तजन, इस्टमित्र बाट बिछोडिएर यो सात समुन्द्र पारि श्रम गरिरहदा म यो दशैँलाइ एकदमै सम्झिरहेको छु र सबैलाइ यसरि शुभकामना ब्यक्त गर्दैछु। ।



रुपक पौडेल











टीका होस निधारमा
जमरा होस कानमा,
सुख होस परिवारमा
शान्ति होस देशमा
पुरा होस मनोकामना

यहि छ विजयादशमी २०७० को शुभकामना !!

२०७० सालको दशैँ बिदेशमा बसेर श्रम गरिरहदा सम्पुर्ण साथिहरुलाइ दशैको शुभकामना। एउटा सम्झनामा
 

भ्रस्टचारिको स्वागत

संसारमा यस्ता आश्चर्यजनक कुराहरु बिरलै हुन्छ्न जुन नेपालमा बेलाबेलामा हुने गर्दछ। मैले घटना कोट्याउन खोजेको नेपालि काङ्रेसका नेता खुमबहादुर खड्काको हो जसले भ्रस्टचारि ठहर भइ १४ महिना जेल सजाय भोगेर आउदा पनि ठुलो सम्मान पाएका छन। हाम्रो देश हल्लैहल्लामा चल्ने देश अनि हाम्रो देशका जनताहरु भेडा भनेर मैले सानो देखि नै सुन्दै आएको थिँए, भ्रस्टचारिलाइ फुलमाला लगाउन जानेको हुल देख्दा आज थाहा भयो पक्कै हो रहेछ। भर्खरै मात्र चिनमा एउटा भ्रस्टचारि नेतालाइ मृत्‍युदन्ड दिएको खबरले अखबारहरु सजिएको थियो। त्यस लगत्तै हाम्रो देशमा एउटा भ्रस्टचारिले ठुलो सम्मान पाएको खबर देख्न पाइयो यसले अलिकति दुखित बनायो नै त्यसका साथै ती स्वागत गर्न जाने नेपालि काङ्रेसका कार्यकर्ताहरु प्रति पनि रिस जगायो।

तल चित्रमा हेर्नुहोला लोकतन्त्र र प्रजातन्त्रमा बिश्वास गर्ने पार्टि नेपालि काङ्रेसका कार्यकर्ताहरुले देशको ढुकुटिमा ब्रम्हलुट गर्ने एउटा भ्रस्टचारिलाइ कसरि स्वागत गरिरहेका छन।:-

भ्रस्टचारिलाइ स्वागत गर्दै काङ्रेसका कार्यकर्ताहरु

 

Friday, 20 September 2013

गजल ६

सपनिमा तिमिलाइ पांउछु सधै भरि
एकोहोरो भइ माया लांउछु सधै भरि

पागल बनिसके त्यो तिम्रो रुप देख्दा
तिमिलाइ कल्पिदै हराउछु सधै भरि

एकोहोरो मायामा डुबेझैँ लाग्न थाल्यो
तिम्रै नामको गित गांउछु सधै भरि

Thursday, 19 September 2013

गजल ५

बिदेशि सामु झुक्छ, हाम्रो रास्ट्रियता
हरेक कुरामा चुक्छ, हाम्रो रास्ट्रियता

गौतम बुद्द अनि सगरमाथा हाम्रो शान
भन्दै दुनियाँमा भुक्छ हाम्रो, रास्ट्रियता

नेपालिको पहिचानलाइ जोगाउन नसक्दा
हाँसोको पात्र भै चुक्छ, हाम्रो रास्ट्रियता

नेताहरुको भारतमुखि राजनिति यस्तै हो भने
एकदिन संसारमै सुक्छ, नेपालिको रास्ट्रियता

Wednesday, 18 September 2013

राजतन्त्रात्मक ब्यवस्था अन्त्य भै हाम्रो देश संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रबेश गर्दाको समयमा मैले लेखेको गजलको सानो अंस:-

आंधिबेरी सहने त्यो निरङ्कुस भिर ढल्यो।
२४१ बर्स देखि गुम्सिरहेको पिर ढल्यो।।

सारा जनता लागिपरि आन्दोलनको बिगुल फुक्दा।
रास्ट्रियता नै सखाप पार्ने दलालहरुको शिर ढल्यो।।

Sunday, 15 September 2013

गजल ४

बस्नलाइ एक छाप्रो बास छैन
भोको पेटमा खाने एक गाँस छैन

नाङो शरिरमा हिड्नु पर्ने अवस्था छ
लाउनको लागि एक कपास छैन

गरिबिको चपेटामा देशै फसिसक्यो
अब भने परिवर्तनको कुनै आस छैन ...

बिकासको आशा देखाएर भासण गर्नेहरुको
अब भने मलाइ एक रत्ति पनि बिश्वास छैन

बुद्द नेपालका सान हुन,

गौतम बुद्दको जन्मस्थलको बारेमा इण्डियाका केहि चर्चित अनुहारहरुले बुद्द इण्डियामा जन्मेका थिए भनि गलत अभिब्यक्ति दिए साथै चर्चित भारतिय च्यानल जिटिभिले पनि बुद्दको बारेमा भ्रामक प्रचार गर्ने हिसाबले "बुद्द" नामक टेलि सिरियल नै सन्चालन गर्न थाल्यो।
इण्डियाले नेपालको सबैभन्दा ठुलो गहना माथि हात लगाउने कोशिस गर्यो। त्यसमा नेपाल सरकार मौन रह्यो, नेपालि राजनितिक दलका नेताहरु कानमा तेल हालेर बसे, सरिता ग...िरि जस्ति नेपालि राजनितिक दलको नेत्रिले "बुद्द भारत र नेपाल दुबैको शान हो यो दुबैले शेयर गर्नुपर्छ" भनेर आलोचनात्मक अभिब्यक्ति दिइन यस्तो भ्रम पुर्ण अभिब्यक्तिको कारणले गर्दा उनि चारैतिर आलोचित बन्न पुगिन। नेकपा माओबादि(मोहन बैद्य) समुहले भारतिय च्यानलहरु नेपालमा बन्द नै गराएर राम्रो काम गर्यो यसै बिचमा आम सच्चा नेपालि नागरिकहरुले सामाजिक सन्जालहरुबाट इण्डियाको कदम बिरुद्द चर्को आवाज उठाए फलस्वरुप नेपालमा रहेको इण्डियन राजदुतावासले बुद्द नेपालमै जन्मेका हुन भनेर बिग्यप्ति नै निकाल्यो, भारतिय पत्रिका हिन्दुस्तान टाइम्सले पनि बुद्द नेपालको लुम्बिनिमै जन्मेका हुन भनेर लेख्यो र "बुद्द" टेलिसिरियलका सन्चालकले पनि आफुले गल्ति बोलेको स्विकार्दै नेपालि जनताहरु समक्ष माफि मागे।
अन्त्यमा:-
बुद्द नेपालका सान हुन, बुद्द नेपालको लुम्बिनिमै जन्मिएका थिए यो कटु सत्य बिश्व समुदायलाइ थाहा हुदाहुदै फेरि पनि इण्डियाले नेपालका कुनै पनि गहनाहरु माथि गिद्दे नजर नलगाओस र असल छिमेकि रास्ट्रको भुमिका खेलोस।

Sunday, 28 July 2013

गजल २

कहिलेकाहीँ सपनिमा सुटुक्क आउछिन उनी।
सुमधुर गीतसँगै मिठो माया  लाउछिन उनी।।

अगाँलोमा बाधिएर एक-आपसमा हराउदा।
संसारिक खुशि पाएझै गरि रमाउछिन उनि।।

सुन्दर ससांर अनि जिन्दगिको कुरा गर्दा।
कल्पनाका महलहरु रङिचङि सजाउछिन उनि।।

भाबुक बनि भबिस्यको कुरा गर्न खोज्दा।
मुस्काउदै नजरबाट हराउछिन उनि।।

गजल १




तिम्रो निम्ति सारा जिवन सांचिराखेको छु।
तिम्रै कल्पनामा तड्पि तड्पि बांचिराखेको छु।।

सात समुन्द्र पार गरि परदेशिनु पर्दा।
छाति भित्र तिम्रो तस्बिर टांसिराखेको छु।।

बाध्यताले हामि दुइ बिछोडिनु पर्दा।
भित्रि मन रुवाइ रुवाइ हांसिराखेको छु।।

Friday, 26 July 2013

मेरो गाउँ दानाबारी, छोटो परिचय

दानाबारी, सित्तली बजार
पूर्वाञ्चलको सुन्दर नगरि ईलाम जिल्लाको दक्षिणिभागमा अवस्थित झापा जिल्लाको खुदुनाबारि सँग सिमाना जोडिएको एक सुन्दर गाबिसको नाम हो "दानाबारि", यहाँ झापाको बिर्तामोड, सनीस्चरे, खुदुनाबारी, सुखानि, ज्यामद्वार अनि झापाको दुर्गापुर, दहिझोडा, जुकेखाडि, सुखानि, ज्यामद्वार हुदै दुइ ठाउँ बाट
जान सकिन्छ सथै इलामको राज्द्वालि, चिसापनि, सोक्तिम् हुदै पनि यस ठाउमा अौन सकिन्छ। ईलाम जिल्ला नगदेबालिको निम्ती न...ेपालमै प्रख्यात जिल्ला भएको कारणले गर्दा यस ठाउको पनि मुख्य आय श्रोत भनेको नगदेबालिनै हो। यहाँका प्राय सबै नागरिक कृषि पेशामा आश्रित छा। यहाँको कोला(केरा), अदुवा, अंलिसो अनी चिया नेपालमा नै प्रख्यात रहदै आएको छ। कुल जनघनत्व १२,६९३ र २४०० घर धुरी रहेको यस ठाउमा लिम्बु, राइ, ब्राम्हण, छेत्री, मगर, तमाङ, गुरुङ, कामी, दमाइ सम्पूर्ण जातिको बसोबास
रहिआएको छ।
 
पर्यटकिय दृष्‍टिकोणले पनि यस क्षेत्रलाई हेर्न सकिन्छ। यहाँको प्रमुख पर्यटकिय गन्तब्यको रुपमा माइखोला, चिलिमकोट चियाबारी, यहाँको प्रकृतिक रुपमा एकदम रमणिय चुरे जङल, सुखानि(यहा झापा बिद्रोहको समयमा ५ जना कम्युनिस्टका नेताहरुलाई तत्कालिन सरकारले गोली ठोकेर मारेको थियो) लगायत अन्य धेरै ठाउँ हरु रहेको छ।
हाम्रो ठाउँको गरुवा बहुमुखि क्याम्पस
 
हाम्रो ठाउँको कन्काइ उच्च माध्यमिक बिध्यालय

सुक्रबारे बजार
 
                                                              रमणिय सित्तलि
                                                      शुक्रबारे बजार
                                                              
कन्काइ माइ पवित्र नदी
चिलिमकोट चियाबारी
 
कन्काइ माइ पवित्र नदी
सित्तलिको सिवालय मन्दिर
यो फोटोहरु सम्पूर्ण साथीहरुको फेसबुक बाट झिकेको छु। अनी आफ्नी गाउको यो छोटो परिचय तपाईंहरुलाई कस्तो लाग्यो?