बडा दशैँ २०७० को टिका थाप्ने दिन बिहानै घरमा फोन गरे लगत्तै मेरो आमाले फोन उठाउनु भयो। सदा झै नमस्कार गरे अनि वहाँले पनि नमस्कार फर्काइ मलाइ सोध्नु भयो छोरा तलाइ कस्तो छ? मन भित्र अघिल्लो साल देखि दशैमा आमाको हातले टिका लगाउन नपाएको सम्झिदै भित्र मन खिन्न भए पनि अलिकति हासेरै जवाफ फर्काए, ए म एकदमै आरामै छु अनि कस्तो लाग्दै छ त दशैँ? आमाले पनि जवाफ फर्काउनु भयो यता पनि राम्रै छ अनि दशैँ पनि राम्रै लाग्दैछ। यस्तै पारिवारिक, अनि दशैँका वार्तालाप हुदै हाम्रो टेलिफोन संबाद सकियो।
हाम्रो टेलिफोन संबाद सकिने बित्तिकै मेरो मन रुन थाल्यो। मैले आफैलाइ सम्हाल्ने कोसिस गरे अनि सम्हाले पनि तर मेरो मन मैले दशैँ मान्न नपाएकोमा भन्दा पनि मेरो आमा, बुवाले परदेशिएका हामि दाजुभाइलाइ सम्झिएर कति रुदै बस्नु भएको होला भन्दै रोएको थियो। यो चाडबाडमा म यहाँ बाट मेरो परिवारलाइ सम्झेर बसिरहेको छु अनि मेरो परिवारहरुले पनि मलाइ झन कति सम्झिरहनु भएको होला त्यो म अनुमान गरेर गर्न पनि सक्दिन।
यो मेरो समस्या हो तर लाखौँ नेपालि दाजुभाइहरु जो म जस्तै आफ्नो प्यारो मातृभुमि छोडेर बिदेशिएका छन र बाध्यता बस आफ्नो चाडबाडमा पनि स्वदेश फर्किन पाएका छैनन तिनिहरुको समस्या पनि यस्तै होला, उनिहरु पनि आफ्नो गाँउ, घर, परिवार सम्झेर यो पर्बमा रुदै बस्दै होलान। आज म अनुभव गर्दैछु कि परिवार बाट बिछोडिदाको पिडा कस्तो हुन्छ अनि हामि नेपालिको चाडपर्बहरु आफ्नै देशमा बसेर मनाउन नपाउदा कस्तो हुन्छ। "लाहुरेलाइ चाडबाड नआएकै जाति"
No comments:
Post a Comment