दशैँ आयो भनेर फेसबुकका वालहरुमा अनि ट्विटरमा प्रसस्तै शुभकामना सन्देसहरु देखिन थालेको छ। र शुभकामना दिनेमा म पनि पछि छैन, आफु देश बाहिर रहेर पनि घटस्थापनाको दिन देखि सम्पुर्ण साथिभाइ, आफन्तहरु लाइ दशैँको शुभकामना सन्देश दिदै छु त्यो क्रम अझै जारि छ।
२०६९ को दशै पनि आफ्नो देशमा रहेर मनाउन पाइन, र यसपाल पनि त्यहि छाटकाँट छ ताकि आफ्नो घर-परिवार, इस्टमित्र, साथिभाइहरु सङ बसेर दशैँ मनाउन नपाउने तरै पनि परदेशमा रहे पनि दशैँ अनि तिहार जस्ता महान चाडपर्बहरु आउदा एकप्रकारको खुशि भने हुने रहेछ। आज भित्र एकप्रकारको खुशि अनि परिवार, आफन्तजन, इस्टमित्र बाट बिछोडिएर यो सात समुन्द्र पारि श्रम गरिरहदा म यो दशैँलाइ एकदमै सम्झिरहेको छु र सबैलाइ यसरि शुभकामना ब्यक्त गर्दैछु। ।
![]() |
| रुपक पौडेल |
टीका होस निधारमा
जमरा होस कानमा,
सुख होस परिवारमा
शान्ति होस देशमा
पुरा होस मनोकामना
यहि छ विजयादशमी २०७० को शुभकामना !!
![]() |
| २०७० सालको दशैँ बिदेशमा बसेर श्रम गरिरहदा सम्पुर्ण साथिहरुलाइ दशैको शुभकामना। एउटा सम्झनामा |


No comments:
Post a Comment